Search
- Dec 19, 2015
विभेदबिरुद्धको बिगुल फुक्दै डा. विष्णुमाया
गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा गरिव परिवारमा जन्मिएकी एउटी चेली जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको अधिकार र सामाजिक न्याय तथा मानव अधिकारको प्रर्याय बनेकी डा. परियार अमेरिकामा रहेको नेपाली समुदाय मात्र होइन अमेरिकनहरुले समेत चिन्ने नाम हो । सरकारी विद्यालयमासमेत पढ्न नसक्ने अवस्थाबाट आफ्नो बाल्यकाल गुजारेकी डा. विष्णुमाया अहिले अधिकारको क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेकी छिन् ।

